
काठमाडौं
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा बालिका खड्का पक्राउ परेकी छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । उनले भने, ‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ गरेका हौं, मुद्दा चलाउने वा छाड्ने टुंगो लागिसकेको छैन ।’
प्रहरीका अनुसार बिहीबार थापाथलीस्थित एमाले मुख्यालयको उद्घाटन कार्यक्रममा उनले प्रदेश(१ का मुख्यमन्त्रीविरुद्ध गालीगलौज गरेकी थिइन् ।