ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । बिहिबार बिहान ६ बजे बर्षासँगै आएको हावाहुरीले ईटाको पर्खाल भत्किँदा मिथिला नगरपालिका ६ ढल्केवर बस्ने अन्दाजी ६० बर्षीया दौलतिया देवी दासको मृत्यु भएको छ भने घटनामा एक १२ बर्षिय बालक अनुराग दास घाइते रहेको छ ।
पर्खाल भत्किएर त्यसमा च्यापिएर सख्त घाइते भएकी महिलाको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको आफन्तले जनाएको छ । घाइते बाललको उपचार भइरहेको छ ।
ढल्केवरस्थिति चौकमा शैलेन्द्र साहले निर्माण गर्दै गरेको पक्की घरको दोस्रो तलामा केहिदिन अघि लगाईको ईटाको पर्खाल बिहान ६ बजे गएको हावाहुरीले भत्काउँदा छेउमै रहेको मस्त खाजाघरमाथि खसेको थियो । खाजाघरमा मृतक महिला र उनको नाति अनुराग सुतिरहेका थिए ।