प्रधान सम्पादक को संचार समाग्री फिर्ता, प्रहरीले माफी मागे


गौशाला : 

ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीका इन्स्पेक्टर बिष्णु प्रदिप बस्यालले आफ्नो प्रहरीले गरेको गल्तीको पत्रकारहरुसंग माफी माग्दैं खोसिएको संचार समाग्री फिर्ता गरेका छन् ।गौशालाका प्रहरीले  राजकरण महतोको संचारसमाग्री मोवाईल नियन्त्रणमा लिएर मंगलबार उनले कैद गरेको फोटो र भिडियो प्रहरीले डिलिट गरेका थिए ।

संचारसमाग्री खोस्ने र समाग्री डिलिट गर्ने प्रहरीलाई विभागिय कारवाही गर्ने एवं प्रेस स्वतन्त्रताको रक्षा गर्ने इन्स्पेक्टर बस्यालले नेपाल पत्रकार महासंघका अध्यक्ष कमले मण्डलसंग प्रतिबद्धता जनाएपछि आन्दोलित पत्रकारहरु नियमित झै काममा फर्केका छन् ।

प्रहरी कार्यालय परिषरमा मंगलबार दुई पक्षबीच चलिरहेको छलफल कुटाकुटमा परिणत भएपछि पत्रकार महतोले भिडियो र फोटो खिचेका थिए । तत्कालै प्रहरीले उनलाई हातपात गर्दै नियन्त्रणमा लिएर फोटो र भिडियो डिलिट गरेका थिए ।

मोवाईल खोसेर पत्रकार महतोलाई प्रहरीले अशब्द प्रयोग गर्दै थुन्ने चेतावनी समेत दिएका थिए ।पत्रकार महतो नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सचिव हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको