
गौशाला : ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा पत्रकार राजकरण महतोमाथि भएको आक्रमणको घटनाप्रति बर्दिवास नगर पत्रकार संजालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बर्दिवास नगर पत्रकार संजाल महोत्तरीका अध्यक्ष विक्रमप्रसाद रौनियारले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीको प्रेसविरोधी कदमप्रति सञ्जालको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
बर्दिवास नगर पत्रकार संजाल महोत्तरी एवम नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिवसमेत रहेका महतोमाथि प्रहरी कार्यालय परिसर भित्रै समाचारका लागि संकलन गरेका सन्दर्भ सामग्री प्रहरीले नष्ट गरेर प्रेस स्वतन्त्रताको अधिकार कुण्ठित गरेको सञ्जालको आरोप छ ।
प्रहरीले मोबाइल नियन्त्रणमा लिएर कैद गरेको सामग्रीहरु मेटाउनुका साथै दुव्र्यवहार भएको घटनाको हामी घोर भत्र्सना गर्दछौं विज्ञप्तीमा भनिएको छ ।
राज्यपक्षको यो कदम सच्याउन संजालले जोडदार माग गरेको छ ।
मंगलवार दिउँसो करिब साढे ३ बजे ईलाका प्रहरी कार्यालय परिसरमा आर्थिक लेनदेनको कपाली तमसुकको विषयमा भइरहेको छलफलमा अचानक दुबै पक्षबीच भनाभन, गालीगलौज र हानाहान तथा कुटाकुट हुनथालेपछि पत्रकार महतोले भिडियो कैद गर्न खोज्दा प्रहरीले दुव्र्यवहार गर्दै उनको मोबाईल थुती गालीगलौज तथा हातपात गर्दै थुन्ने धम्की दिएको तथा मोवाइलबाट फोटो तथा भिडियो डिलिट गरिदिएको छ ।
यसअघि नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले विज्ञप्ती जारी पत्रकार महतोमाथिको दुव्र्यवहार घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन जोडदार माग गरिसकेको छ ।