पत्रकार माथि प्रहरी ज्याजती,महासंघको घोर भत्सर्ना , तिन सदस्यी छानबिन समिति गठन


नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव तथा अन्नपूर्णा पोष्टका प्रदेश नं। २ व्यूरो सह ईन्चार्ज राजकरण महतोमाथि भएको प्रहरी ज्याजती प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

मंगलबार दिउसो ईलाका प्रहरी कार्यलय गौशालामा कपाली तमसुक सम्बन्धी दुई पक्षबीच भइरहेको छलफलमा दुवै पक्षबीचको विवादले उग्र रुप लिएर कुटाकुटै भएको थियो । सोही घटनाको मोवाइलबाट भिडियो र फोटो लिइरहेको अवस्थामा ईप्रकामा कार्यरत प्रहरीले उनको मोबाइल खोसेर गालीगलौज तथा हातपात गर्दै थुन्ने धम्की समेत दिएका थिए । खोसिएको मोवाइलबाट फोटो र भिडियो डिलिट गरिदिएको घटनाप्रति पत्रकार महासंघले घोर निन्दा र भत्सर्ना गरेको विज्ञप्तीमा भनिएको छ ।

पत्रकारलाई स्वतन्त्रापूर्वक बाच्न र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित भएको घटना महासंघलाई कदापि स्वीकार्य नहुने प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यसैबिच घटनाको सत्य तथ्य बुझ्न महासंघकी उपाध्यक्ष हेमकुमारी बरालको संयोजकत्वमा सह सचिव रामनारायण महतो र सदस्य धनवीर महतो समेतको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको