
३१ चैत्र,बर्दिवास । नेपाल पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ । शनिवार महोत्तरी बर्दिवासमा एक कार्यक्रम बिच नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो ।
जनता समाजवादी पार्टी जसपा नेपाल बर्दिवासका नेता जनुलाल महोतोले नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेका हुन् । उनले गम्छा लगाएर नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेका छन् ।
कार्यक्रममा सम्वोधन गदै महतोले नेपाल रेल्वेको समसयाले बर्दिवास वाँसिहरु पिडित बनाएको बताए । विगत सात वर्ष देखि आउने रेल र बर्दिवासको जग्गाको मुअवजाको कुनै सुनवार्इ नगरेको नेपाल रेलवेलाई आरोप लगाएका छन ।
बर्दिवास वासिलाई उचित मुअवजा नदिनु र रेल्वे विभिागका कर्मचारीहरुले गरिव दुखिहरुलाई विभिन्न प्रलोवन दिई अल्झाउनुमा ठुलो रहस्य रहेको नेता महतोले नव नवनिर्वाचित कार्यसमितिलाई यो विषयमा ध्यानआक्रसन गराएका हुन ।
यता महासंघको नयाँ नेतृत्वका अध्यक्ष कमलेश मण्डलले यो सव समस्याको छिटै्नै समाधान हुुने कुुरामा प्रतिवद्ध भएका हुुन ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा शुक्रवारबाट नयाँ कार्यसमितिले कार्यभार सम्हालेका छन् ।