भारतमा एकैदिन १ लाख ५२ हजार संक्रमित


२९ चैत्र, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा थप ‍१ लाख ५२ हजार ६८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत ९शनिबार० चैत्र २८ मा भारतमा दोस्रो धेरै १ लाख ४४ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३३ लाख ५५ हजार ४६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २० लाख ७८ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ७ हजार ८२७ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ३०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३८ जनाको मृत्यु भएको छ ।
स्रोत खवर हव


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको