स्वास्थ्यकर्मी गिरेन्द्र झा लाई सुप्रवल जनसेवा पदक


२८,चैत्र महोत्तरी।  तराई मधेसको जिल्ला महोत्तरीको जनस्वास्थ्य कार्यालयमा छैठौं तह भएका स्वास्थ्यकर्मी गिरेन्द्र कुमार झा सुप्रवल जनसेवा पदक श्री९चौथो ०बाट सम्मानीत भएको छन्।

संविधान दिवसको अवसरमा यसपटक सरकारले सुप्रवल जनसेवा श्री पदक बाट ८७ जना व्यक्तिको नाम सार्वजनिक गरेको हो। सरकारले वर्षेनी संविधान दिवसका अवसरमा राष्ट्रिय गौरव बढाउने, राष्ट्रिय किर्तिमानी राख्ने र विभिन्न क्षेत्रबाट राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तिरव्यक्तित्वलाई सरकारले सम्मान गर्दै आइरहेको छ। घोषित पदक पाउने व्यक्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेको छन् ।

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका १३ बिजलपुरा गाउँमा जन्मिएको झा विगत २५ वर्षअघि देखि स्वास्थ्य क्षेत्रमा राष्ट्रसेवकको रुपमा रहि अहिले छैठो पदमा कार्यरत छन् । तराई मधेसको गाउँमा जन्मिएको झा एक सामान्य परिवारकको सदस्य हुन्।

जिल्लाको श्री प्रसाद सिंह मावि औरहीमा एस ।एल।सी गरेर हेल्थ असिस्टेन्ट अध्ययन तथा विभिन्न तालीम पुरा गरेको उनी राष्ट्रसेवक हुनुअघि गाउँमै आफ्नै घरमा एक स्वास्थ्य क्लिनिक खोलेर स्वास्थ्य सेवामा आवद्ध थिए।

हिजो शुक्रबार बिहानै सरकारले आफुलाई राष्ट्रिय विभूषण सुप्रवल जनसेवा पदकबाट सम्मान गर्ने खबरले निकै उत्साहित बनाएको उनले बताए। यसरी आफुले स्वास्थ्यकर्मीका हैषियतले विभिन्न जिल्लामा गरेको कर्मलाई राष्ट्रले यसरी सम्मान गर्ला भन्ने कल्पना समेत नगरेको उनले सुनाए। झा हिजो आफ्नो फेसबुक समाजिक संजाल मार्फत सङ्घिय लोकतान्त्रिक गन्तन्त्र नेपाल को सम्माननिय रास्ट्रपति विद्या देवि भण्डारी ज्यु को कर कमल बाट सुप्रवल जन सेवा श्री चौथो पदक बाट बिभुषित हुँदा रास्ट्र्सेवा प्रती अझ जिम्मेवारी थपिएको महसुस भएकोछ मिहिनेत को फल मिठो हुन्छ भनेर लेख्दै खुशी भएको छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको