
औरही : नगरपालिका स्थापना भएको बर्षौ वित्दा समेत महोत्तरीको औरही नगरपालिका वडा नं ९ मा पर्ने लंका टोलमा आवश्यक भौतिक पूर्वाधार विकास हुन सकेको छैन ।
दलित समुदायका ४० घर परिवार रहेको सो वस्तीमा खानेपानी, शौचालय, सडक, लगायतका पूर्वाधारको व्यवस्थापन अझ हुन सकेको छैन । खानेपानीको नाममा २ वटा मात्र स्रोत साधन रहेकोले वस्तीमा शु्द्ध पिउने पानीको अभावमा खटकिएको छ । त्यस्तै सो वस्तीमा बर्षायाममा खोला तरेर जानुपर्ने वाध्यता रहेको छ । र सुख्खा याममा माटोको बाटो भए पनि एक लिखे हुँदा कहिले काही तँ साईकलबाट लडी हातखुट्टा नै भाचिनेभएकोले नजिकमा स्वास्थ्य चौकीको अभावको कारण धेरै नै कठिनाई भोग्नुपरेको घोर्ला तामाङ्गले सन्चारकर्मी लाई बताउनु भएका छ्न। यो समस्याको बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराए पनि आशा बाहेक अरु केही पनि नपाएको गुनासो गरे ।
एकमात्र सामुदायिक विद्यालय रहेको र विद्यालयमा शिक्षक भनेको एकमात्र दरबन्दि र दुई जना वालविकास र एक जना का।स। ले विद्यालय संचालन गर्न निकै नै कठिन भएको त्यहाका प्र।अ। ले बताए । भवनको अभावको कारण अफिसकोठा मै कक्षा तीन चलाउन बाध्यता रहेको प्र।अ।ले बताए । र आफु सात आठ दिन मात्र भयो यो विद्यालय आएको र यो भन्दा पहिलोको प्र.अ.ले वरबुझारत नगरी अफिसको दराजमा ताला लागेको र केही आवश्यक डकुमेन्टको जरुरी भए पनि आफुले खोल्न नपाउदा अफिसियल कामकार्वाहीमा समेत समस्या उत्पन्न भएको प्र.अ.ले बताए ।
भवनको अवस्था निकै नै कमजोर भएकोले वर्षायाममा सम्पूर्ण अफिसियल कागजपत्र बचाउन पनि हम्मे हम्मे हुने का।सले बताए । सो वस्तीमा स्वास्थ्य चौकीको अभाव रहेको स्थानिय चन्देश्वर सदाले बताउनुभयो । त्यस्तै जनप्रतिनिधी निर्वाचित भएको बर्षौ वित्दा समेत नगरप्रमुख सुनिल यादव अझ पनि वस्तीमा नआएको समुन्द्री सदाले जानकारी दिईन । श्रमजिवीको रुपमा बसोबास गर्दै आएको वस्तीमा विकासको लहर नछाउनु आफैमा दुःखद रहेको स्थानियहरुले प्रतिक्रिया दिएका छन ।