श्री महादेव र माता पारबत्तीको चरणको दर्शन गरी आजको राशिफल हेर्नुहोस 


चैत्र २१ गते शुक्रबार

आज मिति २०७७ चैत्र २१ गते शुक्रबार । तदनुसार ३ अप्रील २०२१ । श्री महादेव र माता पारबत्तीको चरणको दर्शन गरी आजको राशिफल हेर्नुहोस

मेष राशि- समय उत्तम रहला ।मित्रजनसंगको सहकार्यमा लाभ होला । आर्थिक, बौद्धिक तथा शैक्षणिक क्षेत्रमा लाभ होला ।

बृषभ राशि – उत्तम समय छ । तर कार्यक्षेत्रमा अतिशयुक्तीका कारण बनेका कार्यहरु पनि बिग्रन सक्लान । संयमित भइ काम लिनु पर्ला । अर्थपूर्ण यात्रा होला । बौद्दिक सर्कलमा मान सम्मानको तक मिल्ला । मनमा प्रशन्नता होला ।

मिथुन राशि – समय अनुकुल रहला तर आंटेका काममा ढिलासुस्ती हुन सक्ला । यद्यपि परिश्रमको फल खेर जाने छैन । सोचे भन्दा केहि बिपरित कार्य हुन सक्ला ।समाजिक तथा प्रशासन छेत्रमा अपयस पनि हुन सक्ला ।

कर्कट राशि- बौद्धिक सर्कलमा मान- सम्मान मिल्ला । दिन उपलब्धि मुलक रहला जुन सुकै होस् । अाफ्नो कार्यगत छेत्रमा लाभ मिल्ला यात्रा तथा मुसाफरिको योग पनि होला । मित्र तथा परिवार पाटनरमा पनि खुशिको माहोल बन्ला । तर मनमा धैर्यता राख्नुपर्ला ।

सिंह– समय अनुकुल छ । नया ठाउँको यात्राको योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ। दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । व्यापार बढने यात्रा हुने र रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला ।

कन्या – समय उत्तम रहेको छ । मन प्रशन्न रहला । बुध्दि बिबेकद्वारा अधुरा कार्यहरु पूरा हुनेछन । तर हित शत्रुबाट बच्नुपर्ला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ ।

तुला – समय उत्तम छ । प्रशासनिक क्षेत्रमा पदोन्नति तथा मान सम्मानको योग रहेको छ । शुभ समाचार सुन्न पाइएला । मनमा भने थोरै बेचैनी रहनेछ ।

वृश्चिक – समय मद्यम खालको रहेको छ । आत्मबल तथा बुद्दी बिबेकले काम लिनुपर्ला । कार्य क्षेत्रमा कटाक्ष समेत सहनुपर्ला । सामन्य चोटपटकको भय रहला ।

धनु – समय उत्तम रहेको छ । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम सफल हुनेछन । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न्न पाइएला ।

मकर – मध्यम समय रहेको छ । मित्रजन तथा सहकर्मीको सहयोग मिल्नेछ । सामाजिक केही अड्चनहरु आउन सक्छन । बादविवादको पनि संभावना रहला ।

कुम्भ – मध्यम समय छ । स्वजन तथा सहकर्मी, सहयात्रीबाट अपेक्षित कार्यमा रुकावट होला । आफन्तजन टाढिने योग छ । शारीरिक आलस्यता बढ्नेछ । कार्यमा रुचि बढ्नेछैन । इष्ट देवको संझना गरि अगाडि बढ्नु फाइदाजनक होला ।

मीन – समय मध्यम रहेको छ । बौद्धिक सर्कलबाट मानसम्मानको योग छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । कार्यगत क्षेत्रमा बाधा- अड्चन आएपनि जिम्मेवारी पूरा गर्न सकिएला ।

ॐ हरिशरणम् ।

यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो । उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको