९ चैत्र,बर्दिवास ।
महोत्तरीको बर्दिबासमा आयोजित तेश्रो बर्दिबास महोत्सवमा दर्शकहरुको उत्साहजनक सहभागीता भएपछि महोत्सवको समयअवधि २ दिनको लागी बढाइएको छ ।
गत फागुन २५ गते प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेको महोत्सव चैत्र ८गते अर्थात हिजै समाप्त गर्ने कार्यक्रम भएपनि दर्शकहरुको उत्साहले महोत्सवको समयअवधि आज र भोलिका लागी बढाइएको उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले बताए ।
यहाँ स्थानीय बस्तुहरूको प्रदर्शनी, व्यवसायिक स्टल, अत्याधुनिक खेल सामाग्री राखिएका छन् । कोरोना महामारीले थलिएको बर्दिबासको अर्थतन्त्रलाई उकास्ने हेतुले महोत्सवको आयोजना गरिएको हो । यहाँ नुनदेखि सुन सम्म , साडी देखि गाडी सम्मका सामानहरु सुपथ मुल्यमा पाइन्छन् ।
यस्तै महोत्सवमा नेपोलिएन डान्स टोली इटहरी सहित स्थानीय कलाकारहरु सुर्य नारायण विश्वकर्मा,विनिता तामाङ्ग,पूजा मगर,रंजिता खड्का, महिमा विश्वकर्मा लगाएतका राष्ट्रिय तथा ख्यातिप्राप्त कलाकारहरुकोे बजोड प्रस्तुति रहेको छ ।
महोत्सवमा आउने सम्पूर्ण कलाकारहरुको खाना र बासको निःशुल्क व्यवस्था बर्दिबास भित्र सञ्चालित होटेलहरुले गर्दै आएका छन् । महोत्सव अवलोकन गर्न प्रति व्यक्ती ५५ रुपैंयाको टिकट शुल्क तिर्नुपर्ने छ ।