एउटै स्कुलमा दुई प्रधानाध्यापकको बिबाद चुलिदा विद्यार्थीहरुको भबिस्य अन्यौलमा 


महेश सिंह सिरहा( लहान )५ चैत ।

कुनै पनी विधालयमा एउटा प्रधानाध्याक हुन्छ । एउटै विधालयमा दुईटा प्रधानाध्यापक छ भनेर सुन्दा तपाँईलाई अचम्म लाग्न सक्छ त्यस्तै भएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर– १ को कचनारीमा रहेको एक बिधालयमा बिवाद उग्ररूप लिएका छन् ।

कचनारीमा रहेको श्री आधारभुत विधालयमा करिब आठ महिना देखी प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा बिधार्थीको भबिष्य अन्यौलमा रहेको छ । कक्षा ८ सम्म संचालनमा रहेको सो विधालयमा २०७७ भदौ १७ गते देखी प्रधानाध्यापकको बिषयमा आपसि बिबाद चल्दै आईरहेको छ ।

प्रधानाध्यापकको बिषयमा आपसी बिबादका कारण उच्च आदालत जनकपुर राजबिराजमा मुद्दा दायर भएको छ । ४ वटा शिक्षक मात्र रहेको सो बिधालयमा २ टा शिक्षक बिच निमित प्रधानाध्यापकको बिषयमा आपसी बिबाद हुँदा सो विधालयको पुर्ण रुपमा अध्ययन अध्यापनमा प्रभाबित परेको स्थानियहरुले बताएका छन् ।

निमित प्रधानाध्यापक रामनाथ भगत यादवले मिति २०७७ बैशाख १० गतेदेखी बिधालयमा प्रधानाध्यापकको रुपमा कार्यभार सम्हाल्दै आईरहेको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई , सिरहा कार्यालयले बरिष्ठताको आधारमा प्रअ रामनाथ भगत यादबलाई मान्यता दिईरहेको बेला गाउँपालिकाले मिति २०७७ भदौ १७ गतेका दिन सोही बिधालयमा काजमा बिन्देश्वर प्रसाद यादबलाई निमित प्रधानाध्यापकको रुपमा पठाएर बिबाद चुलिएको छ । पहिलाको निमित प्रधानाध्यापक रामनाथ भगत यादबले गाउँपालिकाले काजमा पठाएका बिन्देश्वर प्रसाद यादबलाई सहमती दिएको छैन ।

शिक्षा ऐनमा पहिलेको प्रधानाध्यापकले दोस्रो प्रधानाध्यापक बिधालयमा हाजीरी हुँदा सहमती दिनुपर्ने प्राबधान रहेको छ । कुनैपनी अफिसिय काम गर्दा दुईटै प्रधानाध्यापकले लेटरप्याडमा सिग्नेचर गर्दै आईरहेको छ । गाउँपालिकाले निमित प्रअ पठाएर बिबाद खडा गरेको निमित प्रधानाध्यापक रामनाथ भगत यादवले बताएका छन । उनले भने आदालतमुद्धा दायर गरेको छु ।

आदालतको फौसलाको सुनवाई चैत्र ८ गते छ । सहदेव यादवलाई काज फिर्ताको लागी शिक्षा विकास तथा समन्वय ईकाई सिरहाबाट मिति २०७७ माघ २० गते आधिकारीक रुपमा चिठ्ठी आईसकेको भएपनी उनले स्कुल नछोडेको बताए । उनले भने साउन महिना देखि मलाई गाउँपालिकाले तलब दिएको छैन् । स्कुलमा राजनीतिक हावी छ राजनीतिक हिसाबले गाउँपालिकाले उनलाई न्युक्ती गरेको निमित्त प्रधानाध्यापक यादवले बताएका छन् ।

यता अर्काे प्रधानाध्यापक बिन्देश्वर प्रसाद यादवले भने मलाई गाउँपालिकाले मिति २०७७ भदौ १७ गते निमित प्रधानाध्यापकको लागी चिठी दिएको छ । गाउँपालिकाले काज फिर्ता पठाएको खण्डमा म स्कुल छेडने छु ,‘ शिक्षा विकास तथा समन्वय ईकाईको चिठी मैले बुझेकै छैन उनले भने ।’

३ सय ९६ बिधार्थी अध्यनरत रहेको बिधालयमा एउटा कार्यालय सहयोगी र प्रअ लगायत ४ जना शिक्षकको भरमा विधालयमा कक्षा संचालन भैरहेको छ । कक्षा कोठाको आभाव छन् कक्षा कोठाको आभावका कारण कक्षा १ देखि ३ सम्मका बिधार्थीहरु एउटै कोठामा अध्ययन गरिरहेको छ भने कक्षा ४ र ५ , र ६,७ का बिधार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गरिरहेको बिधार्थीहरुले बताएका छन् । पाठयक्रम अनुसारको अध्यापन नहुने , बिषयहरु पुर्ण रुपमा पढाई नहुने बिधार्थीहरुले गुनासो गरे ।

करिब ४ साल देखि सो बिधालयमा ब्यबस्पान समिति छैन ब्यबस्थापन समिति नहुदा खाजा कार्यक्रम पनी संचालनमा छैन । बेन्च डेस्को आभाबको कारण तल्लो तह कक्षाका बिधार्थीहरु भुईमै बसेर अध्ययन गर्न बाध्य छन् । विधालयमा खानेपानी र शैचालय समेत नरहेको बिधार्थीहरुले गुनासो गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको