दुई सिमाना बिच इन्धन ट्यांकर विस्फोट हुँदापाँच सयवटा गाडीमा आगलागी


२ फागुन, काठमाडौं । इरान र अफगानिस्तानको सिमानामा इन्धन ट्यांकर विस्फोट हुँदा शनिबार पाँच सयवटा गाडीमा आगलागी भएको छ ।

अफगानिस्तानको टोलो न्युज एजेन्सीका अनुसार शनिबार मध्यान्न एउटा इन्धन ट्यांकर विस्फोट भएको थियो ।

त्यस लगत्तै उक्त ट्यांकरको आगोको झिल्काहरु छरपस्ट भएका थिए । सो क्रममा पाँच सय वटा गाडीमा आगलागी भएको बताइएको छ ।

अफगानिस्नातको हेरत प्रान्तको भन्सार कार्यालयमा राखिएको इन्धन ट्यांकर विस्फोट भएको हो । यस घटनामा १७ जना घाइते भएका छन् ।

हाल उनीहरु सबैको हेरत क्षेत्रीय अस्पतालको इस्लाम कला क्लिनिकमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार इन्धन ट्यांकर विस्फोट भएको क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको थियो ।

आगलागीले इरानी क्षेत्रमा भने असर नपुगेको बताइएको छ । सीएनएन


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको