८ पुष २०७७, बुधबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ ।
हिजो भएको केन्द्रिय कमिटिको बैठकमार्फत प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीलाई हटाएर उनको ठाउँमा माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदिय दलको बैठक बोलाएको हो।
साथै संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने तयारी प्रचण्ड–नेपाल पक्षले गरेको जानकारी भएको छ।
यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।
प्रचण्ड–नेपाल पक्षीय सांसदहरुको सोमबार पनि बैठक बसेको थियो । उक्त बैठकमा ९० जना सांसदको उपस्थिति रहेको बताईएपनि ती मध्ये केही सांसदहरु मंगलबारको ओली समुहको बैठकमा पनि सहभागि भएका थिए ।