५ माघ,धनुषा । धनुषामा एक लुटेरा समूहले प्रहरी माथि ने आक्रमण गरेको छ। आक्रमणबाटअसई मनोज पोखरेल घाइते भएकाछन्।
धनुषाको बटेश्वर गाउँपालिका स्थित प्रहरी चोकीमा कार्यरत असई मनोज पोखरेल माथि गएराति लुटेरा समूहले आक्रमण गर्दा उनि घाइते भएका छन्।
उनको प्रादेशिकअस्पताल जनकपुरमा उपचार भइरहेको छ।उनको टाउकोमा १२ वटा टाका लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गए राति लुटेरालाई नियन्त्रण लिएपछि उनी माथि आक्रमण भएको प्रहरीले जनाएको छ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ काअमित पासमान भारतको मद्रासबाट कमाएर फर्किंदै गर्दा लुटेरा समूहले उनीसँंग भएका पेसा,लत्ताकपडा,मोबाइल सहितका सामान लुटपाट गरेका थिए।
लुटपाट घटना लगतै पुगेका असई पोखरेल सहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेपछि उनी माथि आक्रमण भएको हो।
लुटपाट तथा प्रहरी माथि आक्रमण गर्ने पाच जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मनोज बस्नेतले बताए।
जस मध्य मुख्य आरोपी स्थानीय रामजिवन ठाकुरको साथबाट लागु ओषध नाइटरोभेट ट्याब्लेट र चक्कु बरामद भएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।









