देबराज तामाङ
२८ पुष बर्दिबास। सितलहरका कारण चिसो बढ्दै गएपछी बर्दिबासका समाजसेवीहरुले जेष्ठ नागरिकहरुप्रती सहानुभुती देखाउन थालेका छन ।
चिसोको कारण जनजीवन प्रभावित बन्न थालेपछी स्थानिय विशेष गरि बर्दिबासका स्थानिय समाजसेवीहरुले निक्कै चासो देखाएका हुन ।
आजै मात्र स्थानिय समाजसेवी घुरण महतोले तिन सय भन्दा माथि आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिक र विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरेका छन ।
महतोको समाजसेवाप्रतिको लगावलाइ स्थानियहरुले निक्कै प्रसंसा गरेका छन । लोकतान्त्रिक समाजवादी पाटी बर्दिबासका नगर अध्यक्ष चेत कुमार थापाले महतोको सेवाभाव अनुकरणिय रहेको बताए ।
स्थानिय सरकारले नगरबासीहरुलाई खासै चासो नदिएको गुनासो आइरहेको बेला महतोको सहयोगले राहत महसुस भएको भन्दै बिपन्न समुदायले खुसी ब्यक्त गरे ।
नगरबासीहरु कोही पनि गरिविको रेखा मुनी रहदैन भन्ने तर जिवनयापन गर्न समस्या बन्दा नहेर्ने स्थानिय सरकारको पुरानो नै बानी हो । सिरक पाएपछी खुसी हुँदै खिना बरालले भनिन ।









