नवक्षितिज कलेजको १२ औ वार्सिक उत्तसब सम्पन्न


देबराज तामाङ

बर्दिबास । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका बर्दिबास बजारमा रहेको नवक्षितिज कलेजले १२ औ वार्षिक उत्सब सम्पन्न गरेको छ ।

शनिबार बर्दिबास बजार मै रहेको दिपक पार्टी प्यालेन्समा कलेजमा अध्यानरत विधार्थीहरुले गीत, नृत्य लगायतका विभिन्न मनोरन्जनात्मक प्रस्तुती देखाएर वार्षिक उत्तसब मनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएका यदुनन्दन चौधरी ज्युले दिप बालेर कार्यक्रम उद्धघाटन गर्नु भएको थियो । यदुनन्दन चौधरी कलेजका प्रिन्सिपल सुरेन्द्र चौधरीका बुबा हुन ।

वर्षिक उत्सव समारोहमा शुभकामना राख्दै आज नवक्षितिज कलेज ११ औ वसन्त पुरा गरेर १२ औ वसन्तमा शिक्षाको क्षेत्रमा निकै फड्को मार्न सफल भएको छ । १०० जना विधार्थीबाट सुरुवात गरेको यस कलेजमा अहिले ९०० माथि विर्धार्थीहरुको संख्या पुग्नु आफैमा सराहनिय छ कांग्रेस नेता ऋषी लामाले बताए ।

वार्षिक उत्सव समारोहमा प्रिन्सिपल सुरेन्द्र चौधरी ज्युले शुभकामना मन्तव्य राख्नु हुदै कलेजमा अध्यानरत बिधार्थीहरुलाई कलेजको तर्फबाट गुण्स्तरिय शिक्षा आवत जावतका लागी यातायात सेवा सुविधा देखी लिएर भोलीका दिनका लागी विधार्थीलाई हामीले दिएको शिक्षा बाट बिधार्थीहरुले राम्रो लाभ लिनेछन् र कलेजको तर्फबाट बिधार्थीहरुलाई गर्न पर्ने सहयोगमा कलेज कहिलै पछाडी नपर्ने जानकारी दिनु भयो ।

बर्दिबास क्षेत्रमा गुण्स्तरीय शिक्षा दिन सफल भएकोमा बधाई तथा सुभकामना ब्यक्त गर्दै यसै कलेजका शिक्षक राम कुमार विश्वकर्माले भने पहिला यस कलेजमा विएड र बिबिएस मात्र थियो अहिले बिएस डब्लु, बिसिए, बिएड जस्ता अहिलेको समय अनुसारको कोषहरु संचालन गरेको हूदा बर्दिबासका विधार्थीलाई मात्र हैन प्रदेश न:  २
भरीकै विधार्थीहरुलाई शिक्षा हासिल गर्न सहज भएको बताउनु भयो ।

वार्षिक उत्सव समारोहमा शुभकामना मन्तव्य राख्दै यस क्षेत्रका विधार्थीहरुलाई उच्च शिक्षाको लागि बाहिर पलायन हुन नपर्ने नवक्षितिज कलेजमै आफुले सोचे अनुसारको विषय लियर अध्यान गर्न सकिने शिक्षक गणेश काफ्ले ज्युले बताउनु भयो ।

यस कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न कलेजका विद्यार्थी, शिक्षकलगायतको बाक्लो उपस्थिति रहेको थियो।

यस कलेजमा बिबिए,बिसिए,बिएसडब्लु,बिबिएस,बिएड,बिए लगाएतको पढाई संचालन भईराको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको