माओवादी केन्द्रको अनलाइन मत सर्वेक्षणमा रन्जित तामाङ अगाडि


२० पुष,काठमाडौं । माओवादी केन्द्रको महाधिवेशनलाई लक्षित गरेर गरेको डिजिटल मत सर्वेक्षणमा अनेरास्ववियू क्रान्तिकारीका पुर्व अध्यक्ष रन्जित तामाङ अगाडि आएको छ ।

मतदान डट कम नाम गरेको एक डिजिटल वाइभसाइडले ‘माओवादी केन्द्रको नेतृत्वमा को आउनु पर्दछ रु’ भनेर गरेको मत सर्वेक्षणमा १७२५१ मत ल्याएर पहिलो स्थानमा तामाङ आएका छन् ।

त्यसैगरी टप(टेन भित्र क्रमशः वर्षमान पुन १५,३४६, नारायणकाजी श्रेष्ठ १४५३१ , विना मगर १२८६० सुबोध शेर्पाली ११४१०, जनार्दन शर्मा १११५७ गणेशमान पुन १०३२८, तिलकराज भण्डारी १०३३४, शक्ति बस्नेत १०२३४, र देव गुरुङ १०,१२० रहेका छन् ।

मत सर्वेक्षण अध्यक्ष प्रचण्ड बाहेक अरु नेताहरूको बिचमा गरिएको थियो । जसमा तामाङले सबैभन्दा बढी मत पाएका छन् । विद्यार्थी राजनीतिमा लोकप्रिय छवि बनाएका तामाङलाई सामाजिक संजाल प्रयोगकर्ताहरुले माओवादीको नेतृत्वमा नै आएको देख्न चाहे पनि महाधिवेशनमा भने केन्द्रीय सदस्यमा परेनन् ।

विशेषगरी युवालाई राजनीतिमा अगाडि ल्याउनुपर्छ भनेर जोडदार अवाज उठिरहेको बेला पटकपटक पार्टी नेतृत्वले केन्द्रीय सदस्य बनाउने आवश्वसन दिदै आएका विद्यार्थी नेताहरूलाई यसपटक पनि नराम्रोसंग धोका दिएको विद्यार्थी नेताहरू बताउँछन् ।

एक विद्यार्थी नेताले उज्यालो नेटवर्कसंगको कुराकानीमा भने ‘ खड्ग ओलीको प्रतिगमनकारी कदमलाई सडकबाट परास्त गर्न प्रमुख भूमिका खेल्ने विद्यार्थी नेतृत्वलाई पार्टीले धेरै पटक सपनाको लड्डु खुवाउनु भएको छ, यो राम्रो संकेत हैन ‘ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको