सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोलि चलायो पाँच जना घाइते 


पुर्ब -पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ  ।

प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।

गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ । घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको