धनी राम कोरी
१० पुष । कपिलवस्तु जिल्ला को पश्चिममा पर्ने कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा जन जागरण युवा क्लब द्वारा सम्मान समाहोर कार्यक्रम सम्पन्न भएको छ ।
सम्मान कार्यक्रम मा केही राम्रो स्कुल , राम्रो शिक्षकहरु , उच्च अंक प्राप्त गरेका विद्यार्थीहरु र केहि संगठनहरु लाई कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह को प्रमुख अतिथि र क्लब का अध्यक्ष लवकुश तिवारी अध्यक्षता मा प्रमाणपत्र प्रदान गरिएको हो ।
देश र समाज परिवर्तन गर्न को लागि सबैभन्दा धेरै भुमिका युवाहरूको हुन्छ । युवाहरु नै भविष्य मा देश चलाउने हुन , यस कारणले युवाहरुलाई दिनु पर्छ । आफ्नो अधिकार युवाहरुले मागेर होइन छिनेर लिनु पर्छ हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले भन्नू भयो । हिन्दु धर्मको संरक्षण गर्न को लागि सबैले आ आफ्नो ठाउँबाट काम गर्न को लागि अध्यक्ष पाण्डेयले अग्रह समेत गर्नु भयो ।
जन जागरण युवा क्लब का अध्यक्ष लवकुश तिवारीले युवाहरुलाई चुनाव मा मात्र प्रयोग गर्दै आएको पाइन्छ त्यहि भएर युवाहरु संग चुनाव मा प्रयोग नहुन को लागि अनुरोध समेत गर्नु भएको हो । सबै नेताहरुले मिलेर युवाहरुलाई चुनाव को वेला मात्र चिन्छन । चुनाव भए पछि युवाहरुलाई भुलि हाल्छन । यहाका नेताहरु र जनप्रतिनिधिहरु कस्तो रहेको छ भन्नै पर्दैन ।
उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रमुख रजत प्रताप शाह , जन जागरण युवा क्लब का अध्यक्ष लवकुश तिवरी , हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय , महाकाल सामाजिक संस्था का अध्यक्ष धर्मराज विश्वकर्मा , शिक्षक , विद्यार्थी , समाजसेवी र क्लब का सदस्यहरु लगायत अन्य व्यक्तिहरु को उपस्थिति रहेको थियो ।









