१० महोत्तरी बर्दिबास । महोत्तरीको बर्दिबास बजारमा विगत केही साता देखि “बर्दिवास सरसफाई महाअभियान” को मुख्य वाक्यले आज बर्दिवासमा ठुलो चर्चा बटुलेको छ ।
रोट्रयाक्ट क्लब अफ बर्दिवास लगायत विभिन्न क्लब, सञ्जाल,सरकारी तथा गैरसरकारी संस्थाहरू,स्थानीय सरकारद्वारा प्रारम्भ गरिएको यो अभियानले हाल बर्दिवास बासिन्दाको चासोको विषय बनेको छ ।
स्थानीय युवाहरुको जोडतोडले सुरुवात गरिएको यस अभियानमा रोटरी क्लब अफ बर्दिवासले ठुलो सहयोग गर्दै आइरहेको छ रोट्रयाक्ट क्लब अफ बर्दिवास रोटरीको भातृसंगठन रहेको छ ।
सामाजिक कार्यहरूमा आफुलाई स्थापित गर्दै आइरहेको रोट्रयाक्ट क्लब यो पटक भने अलि फरक ढंगले प्रस्तुत भएको छ रोट्रयाक्ट क्लब अफ बर्दिवासले आफु मात्र नभएर स्थानीय क्लबहरूका साथ अगाडी बढिरहेको छ ।
हामि मात्र होइन अब सम्पुर्ण स्थानीय क्लबहरू, संजालहरु, सरकारी तथा गैरसरकारी संस्थाहरू लगायत बुद्धिजीवी एवं व्यवसायिक समेत सबैलाई समेटेर बर्दिवास सरसफाई महाअभियान सफल बनाउने तर्फ सम्पुर्ण युवाहरु लागि परेका रोट्रयाक्ट क्लबका बिजय पोखरेलले जानकारी दिदै उनले भने यस अभियानलाई सफल बनाउन समाजिक कार्यमा सक्रिय रहँदै आएको बर्दिवास जनसहयोग युवा क्लब र उक्त क्लबका युवाहरुको ठुलो भुमिका रहेको छ।
सरसफाई अभियानमा ईलाका प्रहरी कार्यालय बर्दिबासले पनि सहयोग गदै हरेक सामाजिक कार्यक्रममा इलाका प्रहरीको तर्फबाट ठुलो सहयोग रहदै आएको सहझै देख्न सकिन्छ ।
यस महाअभियानमा नगर प्रहरीहरूको पनि साथ रहेको छ । स्थानीय युवाहरु यसरी झाडु लिएर सडकका फोहोर सफा गर्दै , फोहोर टिप्दै गर्दा स्थानीय व्यापारी एवम् व्यावसाय लज्जित हुनुपरेको स्थानीय व्यावसायिकले भनेका छन् ।









