२३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै, सोही अवधिमा ३२९ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७।८ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज दुई जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।
हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



















