२३ मंसिर । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफू जहाँ उभियो कांग्रेस त्यही रहने बताएका छन् ।
प्रदेश नम्बर–१ मा प्रदेश सभापति जित्न सफल भएको सिटोला समूहले महाधिवेशनमा नेता कार्यकर्तालाई एकीकृत गर्न राखेको कार्यक्रममा उनले कांग्रेस सधैँ आफ्नै साथमा रहने दाबी गरे ।
“म जहाँ उभिन्छु, कांग्रेस त्यही रहन्छ,” सिटौलाले भने, “यो पार्टीलाई विग्रन हुन दिन्नँ, यो पार्टीलाई मूल बाटोबाट बाहिर जानबाट रोक्नु मेरो कर्तव्य हो ।”
सिटौलाले अभाव, संकट र जोखिममा साथ दिएकाहरूलाई आफूले संरक्षण गर्ने भन्दै कार्यकर्तालाई टिम नछोड्न र आश्वस्त रहन आग्रह गरे ।
अभावमा, जोखिममा र संकटमा जसले मलाई साथ दिएको छु, त्यसलाई म कुनै पनि संकटमा छोड्दिनँ । तपाईंहरू ढुक्क हुनुस्, सिटौलाले आफ्नो समूहका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, “म जहाँ रहन्छु, जस्तो अवस्थामा रहन्छु, आफ्नो साथमा रहेका साथीहरूको संरक्षणमै केन्द्रित हुनेछु ।”









