१६ मंसिर । लैङ्गिक हिंसा विरुद्ध १६ दिने कार्यक्रम विस्व ब्यापी रुपमा चलिरहदा गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले लैङ्गिक हिंसा अन्त्य गर्नको लागि सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ। समाजमा सोच परिवर्तन भएमा मात्र महिला हिँसामा अन्त्य हुने उहाँको भनाइ छ ।
बुधबार गौशाला नगरपालिका वडा न।१२ कान्तिबजार स्थित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ७ औं दिनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ,ू हिँसा अन्त्य हाम्रो घरबाट सुरु हुनुपर्छ । जसको लागि हामीले आफ्नो सोचाइलाइ परिवर्तन गर्नुपर्दछ । लैङ्गिक भेद हटेमा समाजमा भएका हिंसा ,कुरीति ,अन्धविश्वास विस्तारै उन्मुल हुदै जान्छ ।
उहाँले अभिभावकहरुलाइ आफ्ना छोराछोरीप्रति ध्यान राख्न आग्रह गर्दै विद्यार्थीहरुलाई कुनै पनि कार्य आफूखुसी गरि भविष्यप्रति लापरवाही नगर्न समेत सुझाउनु भएको छ ।
गौशाला नगरपालिका द्वारा श्री राष्ट्रिय मा।वि। आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा गौशाला नगरपालिका वडा न।१२ का वडा अध्यक्ष कृष्ण बहादुर विश्वकर्मा,नगरपालिकाका उपप्रमुख आशा लामा, कार्यपालिका सदस्य अनुपिया देवी ,राशो देवी ,नगरपालिकाका न्यायिक समितिका कर्मचारी प्रकाश महरा,सामाजिक सुरक्षा अभियानका प्रमुख अस्मिता शर्मा ,लगायत विभिन्न महिला ,विद्यार्थी ,स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।









