राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु


१५ मंसिर,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ। बुधबार अपराह्न काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो।

राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले पानसमा बत्ति बालेर तथा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन सत्रको उद्घाटन गरेका हुन्। त्यस्तै, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले झण्डोत्तलन गरेका थिए।

राणा, लोहनी र थापा नेतृत्वका पार्टीहरुबीच एकता भएपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो। त्यसैले यो महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ। महाधिवेशनमा कमल थापा र राजेन्द्र लिंदेन अध्यक्षको लागि प्रतिस्पर्धाको तयारीमा छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको