१४ मंसिर, महोत्तरी । रामगोपालपुरको पालिका अधिवेशनका लागि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ आज मंगलबार महोत्तरी आउँदैछन् ।
महोत्तरीका १५ पालिकामध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । १३८ वडामध्ये १३० वडामा अधिवेशन भइसकेको छ ।
बाँकी वडा र पालिकामा पनि सर्वसम्मत रुपमा नेतृत्व टुंग्याउने प्रयास भइरहेको माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुंगानाले जानकारी दिए ।
नेता श्रेष्ठ कतिपय पालिका अधिवेशनको बन्दसत्रमा समेत सहभागी हुने कार्याक्रम छ । जलेश्वर नगरपालिकामा आज हुने अधिवेशनमासमेत नेता श्रेष्ठ सहभागी हुने माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले बताए ।
२० मंसिरभित्र पालिका अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य माओवादी केन्द्र महोत्तरीले लिएको छ ।









