१२ मंसिर । राष्ट्रिय समाजवादी खेलकुद महासंघको धनुषामा कार्य समिति गठन भएको छ । शनिबार जनकपुरधाममा राष्ट्रिय समाजवादी खेलकुद महासंघको जिल्ला कार्य समिति गठन भएको थियो।
जनकपुरधामको उधोग वाणिाज्य संघको सभाहलमा एक कार्यक्रम गरि राष्ट्रिय समाजवादी खेलकुद महासंघको धनुषा जिल्ला ३३ सदस्य कार्य समिति गठन गरिएका छन् ।
प्रदेश २ का अर्थ मन्त्री माननीय शैलेन्द्र प्रसाद शाहको प्रमुख अतिथिमा, राष्ट्रिय समाजवादी खेलकुद महासंघ प्रदेश २ का अध्यक्ष राजेश गुप्ताको अध्यक्षतामा, विशिष्ट अतिथि पुर्व मन्त्री माननीय ज्ञानेन्द्र यादव, राष्ट्रिय समाजवादी खेलकुद महासंघ प्रदेश २ का मुख्य सचिव संजिप चौधरी लगायत खेलाडीहरुको उपस्थिति रहेको थियोे ।



















