धनुषामा ट्याक्टर दुर्घटना हूदा गयो एक युवकको ज्यान


१० मंसिर धनुषा । धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटना हूदा एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा क्षीरेश्वरनाथ नगरपालिका ७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हो । स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज १ त। ४१७२ नम्बरको ट्याक्टर पल्टिँदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतो ट्याक्टरमै बसेका थिए । महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको