नेपाल विद्यार्थीसंघ द्वारा ७५ युनिट रगत संकलन


प्रिया अधिकारी कञ्चन

९ मंसिर । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल विद्यार्थीसंघ सहिद नारायन पोखरेल रामापुर क्याम्पस इकाई समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ,जसमा ७५ जनाले रक्तदान गरेका छन।

नेपाल विद्यार्थीसंघ सहिद नारायण पोखरेल रामापुर क्याम्पस इकाइ सभापति मनोज क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि समेत रहनु भएका सहिद नारायण पोखरेल रामापुर क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण गैरेले बोल्दै रगतको अभावले गर्दा जीवन र मृत्युको मुखमा पुगेका ती व्यत्तिहरुलाई रत्तदान गर्नु अन्य भौतिक दान भन्दा ठूलो भएको बताउनु भयो ।

त्यसैगरी सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रमुख यदुलाल पन्थले रक्तदान गर्ने व्यक्तिको हरेक तीनर तीन महिनामा रगत आफैं नष्ट भएर जाने र नयाँ रगत पलाउने भएकोले खेर जाने रगतलाई रगतको अभावले ज्यान गुमाउन बाध्य हुने व्यक्तिलाई रगत दिएर उनिहरुको ज्यान बचाउनु नै मानिसको सर्वोत्तम कार्य भएको बताउनउ भयो।

प्रजातान्त्रिक प्राध्यापकसंघ इकाई सभापति प्रेम पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम सैनामैना ६ ,सहित नारायण पोखरेल रामापुर क्याम्पसको प्राङ्गणमा भएको थियो भने किरण तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको