७ मंसिर, महोत्तरी । असाहय, गरिब, दुखिहरुको दाहिने हात झै हूदै समाजमा अगाडि बडिरहनु भएका समाजसेवी लक्ष्मी महतोद्वारा मंगलबार सामुदायिक भवनको शिलान्यास गराएका छ ।
मंगलबार एक समारोहकाबीच व्यक्तिगत योजनामार्फत वडा नं ११ स्थित गौशाला न।पा।को वनटोलवाटोलमा सो भवनको शिलान्यास सम्पन्न भएको हो ।
गौशाला नगरपालिका वडा नं ११ को वनटोलवाटोलमा सामुदायिक भवन नहँुदा राम समुदायलाई विहेमा जन्यती राखन, भोजभतेर र अन्य कामकाज पर्दा जातीय छुवाछुत प्रस्थाको कारण ३६ घरपरिवारलाई सास्ती भोगीरहेको थियो ।
त्यहाँका राम समुदायले समाजसेवी लक्ष्मी महतोलाई जानकारी गराउँदा वहाँले आफ्नै लगानीमा दुई कोठे सामुदायिक भवनको शिलान्यास गराएको वडा सदस्य जुलेखा खातुनले बताईन भवनको भूमी पुजनन्मा महतोको जेठो छोरा डा। दिपेन्द्र महतो र धर्मपत्नी रामकुमारी देवीको हातबाट भूमि पुजनन् गराएका छन् ।
सो समारोहमा विनोद महतो, कुमरकान्त झा,राजकिशोर महतो, इन्दल महतो, बद्रि प्रसाद सिंह, विशुनदेव महतो लगाएत बुद्धिजिवी, पत्रकार, स्थानीय, राजनितिककर्मी, भरभलादमी समेत उपस्थित रहेका थिए ।









