पाँच प्रतिशत महाधिवेशन प्रतिनिधिको निर्णय गर्दैै एमाले


६ मंसिर,काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सोमबार दिउँसो बस्दैछ। १०औँ महाधिवेशनको तयारीमा रहेको एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने जनाइएको छ। यस्तै बैठकमा पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने विषयमा पनि छलफल हुने तामाङले जानकारी दिए।

प्रतिनिधि मनोनयनसम्बन्धी प्रस्ताव स्थायी कमिटीले गरी केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ। एमालेको १०औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।म्मेवारीमा तल्लिन रहेको बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको