जनकपुरमा हिन्दु माथि भएको घटनालाई लिएर कपिलवस्तुमा हिन्दु संगठनले गरे विरोध प्रदर्शन, फोटो सहित


धनी राम कोरी,

कपिलवस्तु , मंसिर ३ । जनकपुर (रुपैठा) तथा इनरुवा मा छठ पर्वको दिन हिन्दु समाज माथि गरिएको ज्यादती विरुद्ध प्रति कपिलवस्तुमा हिन्दु युवा शक्ति कपिलवस्तु र श्री महाकाल सामाजिक संस्था कपिलवस्तु को संयुक्त आयोजना मा बृहत र्‍याली एवम् विरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दुहरु का महान चाडपर्व छठ पर्व को दिन जनकपुर रुपैठा तथा इनरुवा भन्ने ठाउँमा हिन्दु र मुस्लिम समुदाय वीच झडप भएको हो । जस मा प्रदेश नं २ का मुख्यमन्त्री महोमद लाल बाबू राउतले गरेको जातिया विभेद प्रति हिन्दु युवा शक्ति कपिलवस्तु र श्री महाकाल सामाजिक संस्था कपिलवस्तु ले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो ।

दुवै संगठन संयुक्त आयोजना मा जिल्ला को कृष्णनगर नगरपालिकाको गोलघर मा जिल्ला को विभिन्न ठाउँ बाट ठुलो संख्यामा बृहत र्‍याली कार्यक्रम मा नेपालीको झण्डा , हिन्दु धर्मको झण्डा , मुस्लिम आयोग खारेज गर , मुख्यमन्त्री राउत राजीनामा देए , हिन्दु हिन्दु एक होऔ , नेपाललाई हिन्दु राष्ट्र घोषण गर , शमीम मिया अन्सारी मुर्दाबाद र हिन्दु माथिको अत्याचार बन्द गर , हिन्दु हेप्न पाइदैन भन्ने नारा का साथ विरोध कार्यक्रम भएको हो ।

कपिलवस्तु जिल्ला मा हिन्दु धर्मावलम्बीहरुको दुर्गा पुजा , लक्ष्मी पुजा मा प्रशासन द्वारा धेरै किसिमको नियम कानुन लागु हुन्छ तर मुस्लिमहरु को चाडपर्वहरु मा किन प्रशासनले रोक लगाउदैन किन रु दुर्गा पुजा र लक्ष्मी पुजा मा रोक लगाएको बेला मा हिन्दु युवा शक्ति कपिलवस्तु ले पुर्ण रुपमा आफ्नो शक्ति लगाएको थियो ।

सम्पूर्ण हिन्दुहरुलाई घर बाट बहिरा निकल्न को लागि हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले अग्रह समेत गर्नु भयो । जनकपुर को रुपैठा तथा कलैया को इनरुवा मा हिन्दु माथि प्रदेश नं २ का मुख्यमन्त्री महोमद लाल बाबु राउत ले हिन्दु माथि अत्याचार गरेका छन । किन हिन्दु माथि पटक पटक दुर्ववहार भइरहेको हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष पाण्डेय को सरकार संग प्रश्न रहेको छ ।

कार्यक्रम मा श्री महाकाल सामाजिक संस्था का अध्यक्ष धर्मराज विश्वकर्मा ले हिन्दु धर्मको बारेमा बोल्नको लागि समय छैन कसै संग तर राजनीति पार्टीको कार्यक्रममा जान को लागि समय छ । एक दिन यस्तो समय आउछ कि हिन्दुहरुलाई मुस्लिमहरुले आफु अनुसार काम गराउने छन । अहिले प्रदेश नं २ मा यस्तो घटना भएको छ तर कुन समय यस्तो आउछ कि कपिलवस्तु मा पनि त्यहा भन्दा ठुलो घटना हुन सक्नेछ ।

उक्त कार्यक्रममा हिन्दु युवा शक्ति कपिलवस्तु का महासचिव विवेक तिवारी , महाकाल का महासचिव जितेन्द्र मोर्या , सचिव अभिषेकमणि यादव , प्रवक्ता अनिल तिवारी , मोतीलाल मिश्रा , मायादेवी का अध्यक्ष देवेन्द्र वर्मा , बुद्धभुमि का अध्यक्ष संदिप पौडेल , कृष्णनगर का अध्यक्ष विकास चतुर्वेती , महाकाल का क्षेतिय अध्यक्ष सुनील कुमार शुक्ला , समाजसेवी , बुद्धिजीवी , पत्रकार र सुरक्षाकर्मी लगायत दुवै संस्था का सदस्यहरु को सहभागीता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको