सहरी विकास मन्त्रालयको कार्यभार झाँक्रीले सम्हालिन


२२ असोज,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीपदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भइ उनले सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् ।

मन्त्रालयका कर्मचारी तथा सचिवले झाँक्रीलाई स्वागत तथा बधाई दिएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको