२२ असोज । जनमत पार्टीको महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा भएको प्रथम पालिका अधिवेशनबाट अध्यक्ष पदमा सिंहेश्वर मण्डल सर्व सम्मत चयन भएका छन् ।
एकडारा गाउँपालिकाको वडा नं। १ स्थित एकडारा बजारमा भएको प्रथम पालिका अधिवेशनबाट सिंहेश्वर मण्डलको अध्यक्षतामा २३ सदस्यीय पालिका स्तरीय समिति चयन भएको छ ।
जनमत पार्टीका केन्द्रीय पर्यवेक्षक संजय सिंहको प्रमुख आतिथ्य एवं केन्द्रीय सदस्य मनोहरी देवीको विशेष आतिथ्यमा सम्पन्न प्रथम पालिका अधिवेशनमा करीब २ हजार नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रथम पालिका अधिवेशन जनमत पार्टीका एकडारा गाउँपालिका अध्यक्ष सिंहेश्वर मण्डलको अध्यक्षतामै सम्पन्न भएको थियो ।
द पब्लिक टुडे









