सुबिन विश्वकर्मा सुनसरी
२१ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका निवासी कालुराम चौधरीले काँग्रेस जिल्ला सहसचिवमा उम्मेद्बारी घोषणा गरेका छन् ।
बिहीबार गरिएको घोषणासभा मार्फत आफू विजयी हुनुपर्ने आधार प्रस्तुत गर्दै मतको लागि अपिल समेत गरे । चौधरीले विशेषत नेपाली काँग्रेसले समावेशीता, वर्ग, क्षेत्र, भुगोललाई मिलाएर लैजानुपर्ने अनिवार्यता भएकाले पनि उनको उम्मेद्बारी रहेको प्रट्याइएको छ ।
तपाईंले जित्नुभयो भने के गर्नुहुन्छरु, उनको जवाफ छ, पार्टीभित्र सहमति, सहकार्य र एकता गरि पार्टीलाई एक ढिक्का बनाउँदै संगठन निर्माण नै मेरो मुख्य प्राथमिकता रहनेछ । उनी थप्छन्, आउँदै गरेको स्थानीय तहको निर्वाचनमा वडादेखी जिल्लासम्म पार्टीको जित सुनिश्चित गर्ने मेरो अर्को महत्त्वपूर्ण योगदान रहनेछ









