गौशालामा लो.स.पा. नेपालाका नगर पार्टी कार्यालय उद्वघाटन,अगुवा कार्यकर्ता भेला सम्पन्न


राजेश सिंह

१६ असोज । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५ स्थित गौशाला बजारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नगर पार्टी कार्यालय उद्वघाटन तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा महोत्तरी क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य शरद सिंह भण्डारीले कुनै बेला म नेपाली कांग्रेस पार्टीका ठूलो हैसियत वाला नेता थिए । जब मधेस आन्दोलन भयो । मधेसी जनताको पहिचान, समान र अधिकार लडाइँको कुरो भयो । त्यसकारण मधेसवादी दलमा लागेर संघर्ष गर्दै आईरहेको उनले बताए ।

अर्को कुरो जबसम्म संविधान संशोधन हुँदैन । तबसम्म मधेसी तथा उतपिडनमा परेको वर्गहरुको पहिचान, समान्न र अधिकार मिल्दैन र हाम्रो संघर्ष जारी रहनेछ भण्डारीले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोन गर्दै कार्यक्रमका विशिष्ट अतिथिस्प्रदेश नं। २ का सामाजिक विकासका पुर्व राज्य मन्त्री तथा प्रदेश सांसद अभिराम शर्मा प्रदेश दुईमा पुर्व राजपा र फोरमले गठबन्धन बनाएर चुनाव लडे र जिते पनि र प्रदेश सरकार पनि बनाए । तर उता फोरमका उपेन्द्र यादवले राजपासँग छलफल नगरी केपी ओलीको सहभागी हुनुभयो ।

हाम्रो मधेस आन्दोलन माथि झुठा मुदा लगाए । सधै मधेश प्रति नकारात्मक सोच राखने पार्टीका सरकारमा सहभागी भएर १८ महिना काम गरे तर केही उपलब्धि भएन उनले बताए ।

जुन हामीहरुको लक्ष्य थियोे । संविधान संशोधन, झुठा मुदा फिर्ता र नागरिकताको समस्या समाधान लगायतका विषय माथि छलफल नगरी सरकारमा सहभागी भए तर कुनै काम गर्न सकेनन् शर्माले बताए ।

जब कम्युनिस्ट विभाजन भयो त्यसपछि हाम्रा नेताहरूले छलफल गरि सरकारमा सहभागी भए । हाम्रो मुद्दाहरु मध्ये केही मुद्दा फिर्ता गरिने सहमति भयो ।

जसमा जम्मा १४० जना माथि लगाएको मुद्दा फिर्ता गरियो । त्यसमध्ये महोत्तरी जिल्लाकै ९१ जना थियोे । त पनि पार्टी फोडने षड्यन्त्र रचयो र त्यसपछि लोसपा गठन भएको शर्माले बताउनुभयो ।

शुक्रबार बिहानैदेखि महोत्तरीमा औरही, कठुवार र गौशालामा भएको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा हजारौंको संख्यामा सदस्यता समेत वितरण भएको क्षेत्रीय ईन्चार्ज उपेन्द्र महतोले जनाए ।

कार्यक्रम नगर समिति संयोजक समर लामाको अध्यक्षतामा, प्रमुख अतिथिस् पुर्व मन्त्री तथा महोत्तरी क्षेत्र नं।२ का प्रतिनिधि सभा सदस्य शरद सिंह भण्डारी, विशिष्ट अतिथि प्रदेश नं. २ का सामाजिक विकास पुर्व राज्य मन्त्री तथा प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी, सुरिता शाह, जैनुल राईन, जानकी शरण शाह, लोसपा केन्द्रीय सदस्यस् देवनारायण महतो, दुर्गा बहादुर कार्की, नरेश महतो, उर्मिला महतो, सरयुग यादव लगायत अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको