महोत्तरी जिल्लाको पीडित घरपरिवारलाई मैत्री समाजद्वारा राहत वितरण


१२ असोज । नेपाल भारत महिलामैत्री समाजले महोत्तरी जिल्लाको विभिन्न ५ स्थानीय तहमा राहत वितरण गरेको छ।

भारत सरकारबाट प्राप्त सहयोग नेपाल भारत महिलामैत्री समाजले एक कार्यक्रमको बीच उक्त स्थानीय तहका करिब एक सय बाढीपहिरो पीडित घरपरिवारलाई राहत वितरण गरिएको हो ।

मटिहानी, बलबा, जलेश्वर,एकदाढा र लोहरपट्टीलगायत स्थानीय तहका पीडितहरूलाई स्थानीय प्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको थियो । त्यस्तै, विपद् व्यवस्थापनमा खटिने सुरक्षा निकायका लागि २० थान टेन्ट जिल्ला प्रशासन प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

करिब ४० लाख मूल्यबराबरको अस्थायी बसोबासका लागि सामग्री रहेको सांसद चन्दा चौधरीले बताइन् । महोत्तरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख तीर्थराज भट्टराईले बाढीपहिरो तथा आगलागीबाट घरबारबिहिनका लागि अस्थायी टेन्टलगायतका सामग्री सहयोग गरेकोमा महिलामैत्री समाज र भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रदेश २ सांसद, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो अवसरमा पीडितहरूको अस्थायी बसोबासका लागि ठूलो टेन्ट(३० वटा , सानो टेन्ट(५५ वटा, मझौला टेन्ट(२५ वटा, त्रिपाल( १०० थान र प्लास्टिकको गुन्द्री(२०० वटा लागयतका सामग्री रहेको थियो ।

नयाँ पत्रिका


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको