महाराजगंज नगर सभापतिमा तिवारीले उमेदवारी दिने


९ असोज, कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगर सभापतिमा नेपाली काँग्रेसको गंगेश नाथ तिवारीले उमेदवारी दिने भएका छन् ।

विगत डेढ़ दशक देखि सामाजिक अभियन्ताका रूपमा रहनु भएका तिवारी कर्मठ, जुझारू, इमानदार, संघर्ष शील युवा नेता को रूपमा परिचत भएका पार्टी को हकहितमा समेत सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् ।

आगामी हुने महाराजगंज नगर अधिवेशनमा तिवारीले सभापति पदका लागि उमेदवारी दिने बताउदै त्यस क्षेत्रका अग्रज नेताहरु संग राय सुझाव र परामर्श गर्दै तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

हाल नेपाली काँग्रेस कपिलवस्तु जिल्लाको महाराजगंज नगर समितिको सचिवमा दुई बर्ष देखि सक्रिय सहभागिताका साथ रहनु भएका तिवारी अब नगर सभापतिमा आउनेगरी तयारी गरिरहेको बताए ।

तिवारीले व्यक्तित्व विकासका साथ युवाहरुलाई व्यवसाय उन्मुख गराउन र पार्टी सङ्गठनलाई बलियो बनाई , मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडावर्ग को हकहितमा काम गरि नगरमा काँग्रेसको बलियो उपस्थिति स्थापित गर्न आफूले सभापतिमा उमेदवारी दिन लागेको बताए ।

साथै उहांले क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न अनुरोध गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको