नवनियुक्त प्रधानसेनापति शर्मालाई भेटिन् चिनियाँ राजदूतले


६ असोज, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छी ले बुधबार नेपाली सेनाका नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्मालाई भेटेकी छिन्।

याङ्छीले सैनिक जङ्गी अड्डा भद्रकालीमा पुगेर शर्मालाई भेटेकी हुन्।

दुई पक्षीय आपसी हित र द्वीपक्षीय सहयोगका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ।

नेपालीस्थित कुटनीतिक नियोगका प्रतिनिधीले नेपाली सेनाका प्रमुखहरुसँग नियमित भेटघाट गर्ने गरेका छन्।

उनीहरुको चासोमा अन्य सुरक्षा निकायका प्रमुखहरु भने कम परेको देखिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको