५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले तीन महिनाभित्र सबै तह र जनसंगठन कमिटी गठन गरीसक्ने निर्णय गरेको छ ।
पार्टीको मंगलबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो । प्रदेश, जिल्ला, स्थानीय तह र जनसंगठनका सबै कमिटी गठनलाई तीव्रता दिने र तीन महिनाभित्र त्यसको काम सम्पन्न गर्ने उक्त पार्टीको योजना छ ।
पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यसमाथि पाँचवटा समूह बनाएर छलफल अगाडि बढाइएको छ । उक्त पार्टीको केन्द्रीय कमिटी बैठक बुधबार पनि हुनेछ ।









