धनुषामा आमा छोराको शव एउटै पोखरीमा


४ असोज । धनुषाको एक पोखरामा आमा छोराको श’व फेला परेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका २ धर्मपुर टोलकी २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुश कुमार सिंहको शव घर नजिकैको पोखरीमा सोमबार बिहान फेला परेको हो ।

अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घटनास्थल पुगेको छ । पोखरीबाट शव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले  जानकारी दिए ।

स्थानीयले राति श्रीमान श्रीमतीबीच विवाद हुँदा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्मह’त्या गरेको हुन सक्ने आशंका गरेका छन् ।

सोमबार बिहानै आमा छोराको शव पोखरीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिला स्थानीय अशोक सिंहकी श्रीमती हुन् ।

घटना विषयमा अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

टुडेपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको