महोत्तरीमा दुई समूह विच झडप, बाउँको मृत्यु दुई छोरा घाईते


नरेन्द्र महतो

३ असोज । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा न. ७ सुन्दरपुरको मैन टोलामा आरकेष्ट्रा हेर्ने क्रममा दुई समूह विच झडप भएको छ ।

झडप हुँदा एक जनाको मुत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिएका छन। ६२ वर्षिय राम प्रसाद यादवको मृत्यु भएको छ भने मृत्तक यादवको दुई छोरा मनोज र सरोज घाईते भएका छन ।

घाईतेहरुलाई गौशाला सि टि अस्पतालमा उपचार भईरहेका छन । मृत्यक यादवको मुचुलका उठाई पोष्टमाटमको लागि जिल्ला अस्पताल पठाउने तयारी भईरहेको छ ।

उता मार्नेहरुमा ३५ वर्षिय मलेशि सादा र २८ नाथु सादालाई नियन्त्रणमा लिएको र घटना वारे छानविन भईरहेको वस्यालले जानकारी दिएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको