२० भदौ बर्दीबास । रोटरी र रोट्रयाक्ट क्लबले आज महोत्तरीको बर्दीबास अस्पतालमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरीएको छ ।
सामाजिक कार्यमा निरन्तरता दिदै रोटरी क्लब र रोट्रयाक्ट क्लबको संयुक्त आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा अस्पताल भित्र गार्डेन बनाउने योजना लिएका छौं रोट्रयाक्टका सचिव मनिष कर्णले बताए ।

बर्दिवासमा विभिन्न क्षेत्रमा रोट्रयाक्ट क्लबका युवाहरुले विभिन्न सामाजिक कार्य गरि आफु र आफ्नो क्लबलाई अझ सामाजिक रुपमा भिझाउदै लगेको रोट्रयाक्ट क्लबका कोषाध्यक्ष
रबिन पोखरेलले बताए ।

बर्दीबास अस्पतालमा बृक्षारोपण गर्न पाउँदा एकदमै खुसी लागेको र भोलिका दिनहरुमा पनि सामाजिक कार्य गर्दा हामी एकजूट भएर अगाडि बढ्ने रोटरी क्लबका अध्यक्ष विष्णु खड्काले बताउनु भयो ।

कार्यक्रममा रोटरी र रोट्रयाक्ट क्लबका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।



















