धनी राम कोरी
१८ भदौ । कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिका मा प्रजनन र बाल स्वास्थ्य सम्बन्धी प्रथम समिक्षा गरिएको छ ।
समिक्षा कार्यक्रममा गर्भवती महिलाको जाँच , प्रोटोकल अनुसार चार पटक पि.एन.सी , तीन पटक बच्चामा पुर्ण खोप र पोषण को अवस्था पहिचान गरि सेवामा लाउनु प्रमुख उद्देश्य थियो ।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले स्वास्थ्य कार्यक्रम राम्रो रहेको भन्दै स्वास्थ्य सेवा मानवको आधारभुत अवाश्यकता भित्र पर्छ यश कारणले यस क्षेत्रमा विषेश रुपमा स्वास्थ्यकर्मीहरुलाई अग्रह समेत गर्नु भयो ।
स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने सबै गर्भवती महिला लाई १ प्याकेट नुन र निशुल्क क्याल्सियम चक्की , र चार पटक गर्भा जाँच गराउने महिलालाई १ थान झुल दिने कुरा बताउनुभयो ।
गाउपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयको अध्यक्षतामा , प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाल , लेखा अधिकृत निराजन राज लम्साल , स्वास्थ्य शाखा प्रमुख विरेन्द्र कुमार मिश्रा , आ. ले. पा हरि कुमार गिरी , राजस्व शाखा प्रमुख द्वरिकानाथ मिश्रा लगायत स्वास्थ्य संस्थाका कर्मचारीहरु को सहभागीता रहेको थियो ।



















