विजयनगरमा मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस


कपिलवस्तु – धर्मेन्द्र कुमार कुर्मी । कपिलवस्तुको विजयनगर गाउँपालिकामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। गाउँपालिकाको गणेशपुर आयुर्वेद शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै वडा नम्बर ७ का अध्यक्ष चौधरीले आयुर्वेद चिकित्सा पद्धति नेपाली मौलिक उपचार प्रणाली भएकाले यसको संरक्षण, प्रवर्द्धन र उपयोगमा जोड दिनुपर्ने बताए। उनले स्वस्थ जीवनशैली अपनाउन सके विभिन्न रोगबाट बच्न सकिने धारणा राखे।

त्यस्तै, वडा नम्बर ३ का अध्यक्ष हृदय विकास चौधरीले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन स्वस्थकर खानपान, नियमित योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने बताए। आयुर्वेदिक उपचार पद्धतिको महत्व गाउँस्तरसम्म पुर्‍याउन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा परशुराम चौधरी र रमेश्वर चौधरीले पनि आयुर्वेद चिकित्सा पद्धति तथा प्राकृतिक उपचारको महत्वबारे धारणा राखेका थिए। वक्ताहरूले स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिएका थिए।

आयुर्वेद शाखाकी कर्मचारी सुकमाया गुरुङको स्वागत मन्तव्य तथा वरिष्ठ कविराज निरीक्षक बिला कुमारी चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको