रास्वपाको सदस्य संरचनामा खस आर्यको हिस्सा ४१ प्रतिशत, ५ लाखभन्दा बढी सदस्यता


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९राष्ट्रिय स्वतन्त्र पार्टी० को सदस्य संरचनामा खस आर्य समुदायको हिस्सा सबैभन्दा बढी रहेको देखिएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनअनुसार सदस्यताको विवरण सार्वजनिक गरिएको हो ।

प्रतिवेदनअनुसार रास्वपाको कुल सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ । त्यसमध्ये पुरुष सदस्य ३ लाख ९६ हजार ७८९, महिला ८९ हजार ८९६, अन्य ५८८ तथा लैंगिकता नखुलाउने वा अज्ञात ३६ हजार १९२ जना रहेका छन् ।

समावेशी समूहअनुसार खस आर्य २ लाख ३८९ जना ९४१ प्रतिशत० रहेका छन्, जुन सबैभन्दा ठूलो हिस्सा हो । त्यसपछि मधेशी ९४ हजार २१ जना ९१८ प्रतिशत०, आदिवासी जनजाति ९० हजार ३८५ जना ९१७।३ प्रतिशत०, दलित ५० हजार ८१४ जना ९९।७ प्रतिशत०, मुस्लिम १३ हजार २९ जना ९२।५ प्रतिशत० र थारु १० हजार ७१८ जना ९२ प्रतिशत० रहेका छन् ।

जातजाति नखुलाउने सदस्यको संख्या ५० हजार १०९ ९९।६ प्रतिशत० रहेको प्रतिवेदनमा उल्लेख छ ।

महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय समिति चयन हुने प्रक्रिया अघि बढाइएको छ । जसअन्तर्गत ७ प्रदेशबाट ५–५ जना अनिवार्य चयन हुनेछन्, जसमा प्रत्येक प्रदेशबाट कम्तीमा २ महिला अनिवार्य रहने व्यवस्था गरिएको छ । बाँकी ६४ पद खुला प्रतिस्पर्धाबाट चयन गरिनेछ ।

पार्टी सभापति र केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको