महोत्तरी। बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार दिपेन्द्र ठाकुरको जाहेरीका आधारमा नेपाल सरकार वादी र महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-७ निवासी जगन्नाथ दास बैष्णव प्रतिवादी रहेको रु. १ करोड ३० लाख बिगो रकमको मुद्दामा उनी वारदातपछि फरार रहेका थिए।
फरार प्रतिवादी बैष्णवलाई प्रहरी निरीक्षक (प्र.नि.) सहितको टोलीले खोजतलास गर्ने क्रममा महोत्तरीको मटिहानी नगरपालिका-७ स्थित मटिहानी क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक प्रक्रिया पूरा गरी जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बैष्णवलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ।










