सर्लाहीका मालपोत र यातायात कार्यालयबाट ९ जना पक्राउ


सर्लाही। सर्लाहीको मलङ्गवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मालपोत कार्यालयबाट सात जना र यातायात कार्यालयबाट दुई जना पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये अधिकांश लेखापढी व्यवसायी रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीका अनुसार सरकारको निर्णयविपरीत कार्यालयभित्र अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीलाई सहजीकरणको नाममा काम गर्दै आएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखी थप अनुसन्धान भइरहेको छ।

सरकारको निर्णयअनुसार मलङ्गवा, हरिवन र बरहथवास्थित नापी, मालपोत लगायत कार्यालयहरूमा सेवाग्राहीबाहेक अन्य व्यक्तिको प्रवेशमा कडाइ गरिएको छ।

यसैबीच जिल्ला प्रशासन र प्रहरीले बिचौलिया प्रवेश निषेध गर्ने उद्देश्यले विभिन्न कार्यालयहरूमा सूचना तथा ब्यानर समेत राखेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको