एसईई परीक्षामा प्रश्न आउट गर्ने गिरोह पक्राउ, चार जना नियन्त्रणमा


महोत्तरी। महोत्तरीको बलवा क्षेत्रमा एसईई परीक्षाको गोपनीयता उल्लंघन गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चैत २० गते बिहान करिब ९ बजे बलवा नगरपालिका-६ स्थित ‘डिजिटल श्याम फोटो स्टुडियो एण्ड अनलाइन सर्भिस’बाट परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर निकालेर मोबाइलमार्फत उत्तर पठाउने कार्य भइरहेको सूचनाका आधारमा छापा मारिएको थियो।

प्रहरीले उक्त स्टुडियोका ५५ वर्षीय संचालक र १९ वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको छ। त्यसैगरी WhatsApp समूहमार्फत प्रश्न-उत्तर आदानप्रदानमा संलग्न थप दुई जना २०/२० वर्षीय युवकलाई चैत २१ गते पक्राउ गरिएको जनाएको छ।

उनीहरूले विभिन्न परीक्षा केन्द्रमा रहेका विद्यार्थीलाई WhatsApp समूहमा जोडेर प्रश्नपत्र बाहिर ल्याउने र मोबाइलमार्फत उत्तर पठाउने तथा प्रिन्ट गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध शिक्षा सम्बन्धी ऐन २०२८ अन्तर्गत ‘परीक्षाको गोपनीयता भंग’ कसुरमा अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको