जनकपुरधाम। धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेको जनाइएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग को बर्दिबासस्थित टोलीले आज बिहान नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोकेर अनावश्यक अवरोध सिर्जना गर्ने तथा घुस माग्ने गरेको उजुरीका आधारमा निगरानी बढाइएको थियो।
सोही क्रममा अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।









